default_image

9 years ago

May 10, 2016

असन्तुष्ट पक्षलाई पुर्नबहाली गर्न फिफाको निर्देशन

110 views

0 Bookmark

नयाँ अध्यक्षका लागि बाटो खुल्यो

काठमाडौं,

फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट बर्खास्तमा परेका तीन उपाध्यक्ष र एक सदस्यको पक्षमा निर्णय गर्दै उनीहरुलाई पुर्नबहाली गर्न निर्देशन दिएको छ ।

फिफाका सहायक महासचिव मार्कुस कार्टनरले एन्फा महासचिव धिरेन्द्र प्रदानलाई पत्र लेख्दै निर्वाचित ३ पदाधिकारी र १ सदस्यलाई जेठ १० गते भित्र पुर्नवहाली गर्न र छिटो साधारण सभा गरि त्यसबाट नयाँ अध्यक्षको निर्वाचन गर्न भनेको छ ।

karma tshering

कार्यसमिति बैठकमा लगातार तीन पटक उपस्थित नभएको जनाउँदै असोज ११ गते उपाध्यक्षत्रय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किरण राई तथा सदस्य पंकज नेम्बाङलाई एन्फाले बर्खास्त गरेको थियो ।

तीन पदाधिकारी र सदस्यले भने गत बर्ष बैंशाखको सुरुआतबाटै बैठकको एन्जेडा माग गर्दै एन्फा बैठक बहिष्कार गर्दै आएका थिए । उनीहरु पछिल्लो साधारण सभाबाट निर्वाचित १७ सदस्य मध्येका हुन् । एन्फाले उनीहरुलाई बर्खास्त गरेकै दिन समिति बाहिरका चार जनालाई मनोनित गरेको थियो ।

फिफाबाट पत्र प्राप्त भएको एन्फा श्रोतले जनाएको छ । कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव प्रधान र सदस्य रमेश रायमाझी फिफा कंग्रेसमा भाग लिन मेक्सिको गएकाले फिफाको निर्देशन कार्यान्वयनमा भने केही समय लाग्ने देखिएको छ ।

एन्फा अध्यक्ष गणेश थापाको अपिल खारेज भएको केहि दिनपछि फिफाले नयाँ निर्वाचन गर्न पनि भनेको छ । दुई साताअघि थापाको उजुरीलाई फिफाको अपिल कमिटीले खारेज गरेको थियो ।

भ्रष्टाचार अभियोगमा आफुमाथि लागेको १० बर्षे प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवानाविरुद्ध थापाको अपिल वैशाख ११ गते फिफाको अफिल कमिटीले पूर्ण रुपमा खारेज गरेको थियो । फिफाकै एथिक्स कमिटीले कात्तिक २९ गते भ्रष्टाचारको आरोपमा थापालाई सबै खाले फुटबल गतिविधिबाट १० बर्षे प्रतिबन्ध र २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

थापाले त्यसविरुद्ध अपिल कमिटिीमा उजुरी दिएका थिए । अपिल कमिटीको निर्णले आफुलाई निराश बनाएको जनाउँदै थापाले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस् (कास) जाने बताएका थिए । तर, त्यो प्रक्रिया समेत नकुरी फिफाले एन्फा अध्यक्षको नयाँ निर्वाचन गराउन भनेको छ ।

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

Success

Thank you for your time.