default_image

6 years ago

May 6, 2019

सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् ।

पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् । उनले रतनबाला देवीको क्रसलाई सहजै गोलमा परिणत गरिन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४-३ को स्थितिमा ल्याइन् । तर त्यसको दुई मिनेट नबित्दै ग्रेसले सहज गोल गर्दै २ गोलको अग्रता क्याम राखिन् । ७५ औं मिनेटमा सावित्राको पासमा दाङमेई ग्रेसले खालि पोस्टमा गोल गर्दै ६-३ ले अगाडी बढाइन् । दोस्रो हाफको इन्ज्युरी समयमा मणिपुरले अर्को गोल थपेपनि उक्त गोल सान्तवनामा सिमित भयो ।

यस जितसँगै सेथु लिगमा विजयी सुरुवात गरेको छ । यसै समूहको अघिल्लो खेलमा कोल्हापुरले बरोडालाई ४-३ ले पराजित गरेको थियो ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.