9 years ago
May 9, 2016
आफ्नो बारेमा फैसला आएपछि ६० बर्षे प्लाटिनीले जिम्मेवारीबाट अलग हुने बताएका छन् । प्लाटिनी र फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर भूक्तानीका क्रममा दोषी पाइएका थिए ।
दुवैले गलत काम नगरेको दाबी गर्दै आएका थिए । सुरुमा उनीहरुमाथि ८ बर्षको प्रतिबन्ध लागेपनि पछि ६ बर्षमा घटाइएको थियो । प्लाटिनीका बारेमा तीन सदस्यीय न्यायिक निकायले गैरकानुनी रुपमा भुक्तानी दिएको होइन भन्ने मान्न नसकिने बताएको छ ।
सन् २०११ मा ब्लाटरले प्लाटिनीलाई दिएको भूक्तानीका कारण दुवै विवादमा मात्र परेनन्, प्रतिबन्धमा समेत परेको थियो । उक्त मुद्दालाई स्वीस अदालतमा समेत विचाराधिन छ । कासको फैसलापछि प्लाटिनीले विज्ञप्तीमा भनेका छन्, युइएफएको सबै खाले जिम्मेवारीबाट राजीनामा गर्ने छु । मेरो लडाइ अझै जारी छ र स्वीस अदालतबाट मैले सफाई पाउनेछु । उनले कासको निर्णयलाई न्यायपूर्ण नभएको बताएका छन् ।
युइएफएले मे १८ मा अब चालिने कदमबाट बारे निर्णय लिने बताइएको छ । त्यो बैठकले सम्भवतः युइएफएको कार्यवहाक अध्यक्ष तोक्नेछ । प्लाटिनी आफ्नो समयका विश्वकै उत्कृष्ट खेलाडीमध्येका एक हुन् । फ्रान्सका लागि ७२ खेल खेलेका उनले ४१ गोल गरेका थिए ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]