5 years ago
May 5, 2019
लामोसाँघु (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सलाई टाइब्रकेरमा ३–० ले हराउँदै गोर्खा ब्वाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
सिन्धुपाल्चोक लामोसाँघुमा भएको खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइब्रकेरमा गोर्खा ब्वाइजले बाजी मारेको थियो ।
पेनाल्टी सुटआउटमा रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रेन्ड्सको एक पेनाल्टी रोके भने पेनाल्टीमा आफुले पनि गोल गरे ।
रुपन्देहीका लागि दीलिपसहित रुपेश के सी र उत्तम गुरुङले गोल गरे । फ्रेन्ड्सका फोफाना, संजोक महर्जन र विकास आले तीनै जना गोल गर्न असफल भए । फोफानाको प्रहार दीलिपले रोके । म्यान अफ दि म्याच बनेका दीलिपले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा सोमबार एपीएफ र जिरी स्पोर्टस् क्लब दोलखाबीच प्रतिस्पर्धा हुनेछ ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]