5 years ago
May 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइस बीबीसी कप फुटबल प्रतियोगितामा आइतबार रयाले एफसी, एक्टिभ स्पोर्टस् काउन्सिल, बनेपा ब्वाइज क्लब (बीबीसी) लाली गुँरास र मनाकाली युथ क्लब विजयी भएका छन् ।
नेपाल बनेपाल पोलिटेक्निक इन्स्टच्युटको फुटबल मैदानमा भएको खेलमा रयालले वी आर बर्दश काठमाडौंलाइ ४–० ले हराएको छ । रयालेका लागि विकास दुवाल र म्यान अफ दी म्याच अचल खत्रीले समान २ गोल गरे ।
अर्को खेलमा एक्टिभले सलिमटार एफसीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्यो । निर्धारित समय २–२ को बराबरीपछि टाइब्रेकरमा एक्टिभले बाजी मारेको थियो । निर्धारित समयमा एक्टिभका लागि कुर्जेउ रसाइली र राम दुवालले तथा सलिमटारका लागि राज गुरुङ र निकेश सुनुवारले समान एक गोल गरे । एटिक्भका अंकित शाही म्यान अफ दी म्याच घोषित भए ।
बीबीसी लाली गुँरासले बनेपा स्पोर्टस सेन्टरलाई ४–० ले हराएको थियो । आयोजक बीबीसीका लागि साजन अधिकारीले २, सुमन सुब्बा र सन्जीव शाहीले समान १ गोल गरे । विजयी टोलीका राजकुमार रायमाझी म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा मनकालीले बार्सिलोना फ्यान क्लबलाई टाइब्रेकरमा ३–१ ले हराए थियो । निर्धारित समयमा १–१ को बराबरीपछि मनकालीले बाजी मारेको थियो । निर्धारित समयमा मनकलीका लागि एके प्रधान र बार्सिलोना फ्यान क्लबका लागि समान १ गोल गरेका थिए ।
जेठ १ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]