6 years ago
May 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्डद्वय अनु लामा र जुमानु राई एन्फा अवार्ड अन्तर्गत विशेष योगदान अवार्डबाट सम्मानित भएका छन् ।
महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि खेल्दै ३५ गोल गरेकी छिन् । उनी एपीएफकी पनि कप्तान हुन् । जुमानुले पनि राष्ट्रिय टोलीका लागि खेल्दै ११ गोल गरेका छन् । दुवै खेलाडीले १५-१५ लाख रुपैयाँ प्राप्त गरे ।
यसैगरी विदेशमा खेल्ने व्यवसायीक खेलाडीतर्फ किरण चेम्जोङ र रोहित चन्द सम्मानित भए ।
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]
January 19, 2025
मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]