6 years ago
May 5, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना बढेको छ ।
प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ गर्ने प्रयास गर्दा सलाह न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिन पुगेका थिए । लगत्तै उनी भुइमा बजारिन पुगेको थिए ।
चोट बोकेलगत्तै रेफ्रीले खेल रोक्दै मेडिकल टोलीलाई स्टेचरसहित मैदानमा बोलाएको थिए । चोट बोकेका सलाहलाई स्ट्रेचरमा मैदानबाहिर लाग्दा उनको गहभरि आँशु थियो । मेडिकल टोलीले सलाहको अवस्था सामान्य रहेपनि च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग र लिगको अन्तिम खेल खेल्न सक्ने नसक्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।
बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल मंगलबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैछ । लिभरपुल पहिलो लेगमा ३–० ले पछि छ । मुख्य फरवार्ड नै चोटिलो बनेपछि लिभरपुललाई गम्भीर धक्का लागेको छ । यस्तै प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले मे १२ मा लिगको अन्तिम खेलमा वल्भ्ससँग खेल्दैछ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]