6 years ago
May 6, 2019
एजेन्सी – फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबार वल्भ्सविरुद्ध खेलको ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् ।
एलीएटले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका थिए । इंग्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीबाट खेलिसकेका एलीएटले यसअघि फुलहमकै म्याथ्यु ब्रिग्सको कीर्तिमान तोडेका हुन् । ब्रिग्सले सन् २००७ मा मिडल्सब्रोविरुद्ध १६ वर्ष ६८ दिनको उमेरमा डेब्यु गर्दै कीर्तिमान बनाएका थिए ।
एलीएटको टोली फुलहम यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । शनिबार वल्भ्ससँगको १-० को हार सिजनको २५ औं हार थियो । अर्को सिजन तल्ली श्रेणीमा एलीएटले क्लबबाट धेरै मौका पाउने अपेक्षा गरिएको छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]