6 years ago
May 3, 2019
एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज अहिले जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका छन् । दुई वर्षको लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट बायर्न पुगेका उनलाई जर्मन क्लबले खरिद नगर्ने भएको छ ।
दुई क्लबको सम्झौता अनुसार बायर्नले जुन १५ सम्म रोड्रीग्वेजलाई खरिद गर्ने प्रस्ताव राख्न सक्छ । तर उनको पछिल्लो प्रदर्शन र प्रशिक्षक निको कोभाचसँग सम्बन्ध हेर्दा रोड्रीग्वेजको जर्मन क्लबमा भविष्य देखिन्न । त्यसैकारण उनले रियल फर्कनुको विकल्प छैन ।
सिजनको सुरुवातमा जुलेन लोपेटेगुई रियलको प्रशिक्षक रहँदा हामेसले स्पेन फर्कने चाहना व्यक्त गरेका थिए । त्यसै कारण बायर्नका प्रशिक्षक कोभाच रोड्रीग्वेजसँग निराश भएका हुन् । सन् २०१४ मा ८० मिलियन युरो खर्चेर रियलले हामेसलाई क्लबमा ल्याएको थियो । तर उनी लामो समय क्लबमा जम्न सकेनन् ।
सन् २०१७ मा जिदान नै प्रशिक्षक भएको बेलामा हामेसले बर्नाबाउ छाडेका थिए । अब सन् २०२१ सम्म सम्झौता बाँकी रहेका कारण रियलले हामेस्का लागि नयाँ ट्रान्सफरको प्रस्ताव सुन्ने तयारी गरेको छ । उनलाई युरोपका अन्य क्लबले पछ्याउने सम्भावना रहेको छ । बायर्न र रियलमा भने उनको भविष्य अर्को सिजनका लागि देखिँदैन ।
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो। सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेड सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।आफ्नो पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो। गोलकिपर टिकेन्द्र थापाले सडन डेथमा ३ पेनाल्टी रोकेपछि चर्च ब्वाइजले […]