6 years ago
May 2, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा ३-० ले पराजित गर्यो ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले मेस्सीलाई रोक्न असम्भव रहेको बताए । ‘मेस्सी? उनलाई रोक्न असम्भव नै छ । र विशेष रुपमा उनको त्यो फ्रिकिक जसलाई विश्वका कुनै गोलरक्षकले रोक्न सक्दैनथे,’ क्लोपले भने ।
‘मेस्सीले गरेको पहिलो गोल समन्य थियो । तर त्यो गोल गर्न उनले जुन किसिमको मुभ बनाए, त्यो सामान्य थिएन । म उनको ठूलो प्रशंसक हुँ,’ क्लोपले थपे, ‘ बार्सिलोनासँग खेल्न सहज हुँदैन । एर्नेस्टोले टोलीमा सबै सहि निर्णय लिन सकें र मैले त्यसको जवाफमा गलत निर्णय मात्र लिएँ ।’
हारका बाबजुद क्लोप दोस्रो लेगमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन् । ‘मलाई लाग्छ यो हाम्रो च्याम्पियन्स लिगमा पछिल्लो दुई वर्षयता उत्कृष्ट प्रदर्शन थियो । बार्सिलोनाविरुद्ध यस स्तरको फुटबल खेल्न सक्दा म निकै खुसी छु । ठूलो टोलीको घरेलु मैदानमा हार बेहोर्नु गम्भीर विषय होइन । तर आज हामीले गोल गर्न सकेनौं, यसमा भने म खुसी छैन ,’ क्लोपले भने ।
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]