default_image

6 years ago

May 2, 2019

रोनाल्डोले किने विश्वकै सबैभन्दा महँगो गाडी

116 views

0 Bookmark

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन् । रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन् ।

फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको हो । उक्त कार जेनेभा मोटर सो २०१९ मा पनि प्रदर्शनीका लागि राखिएको थियो । ८ लिटर टर्बोचार्ज डब्लू-१६ इन्जिन रहेको कार २ सय ६० माइल प्रतिघण्टाको गतिमा कुद्ने क्षमता राख्दछ । यसको नेपाली मूल्य १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्न आउँछ ।

रोनाल्डोले सन् २०२१ मा मात्र उक्त गाडी पाउनेछन् । कारको भित्रि भागमा अन्तिम निर्माण कार्य अझै बाँकी रहेको कम्पनीले जनाएको छ । रोनाल्डोले यसअघि पनि बुगाटीकै सन् २००५ को समयमा सर्वाधिक महँगो मूल्य रहेको गाडी खरिद गरेका थिए ।

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

February 10, 2025

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा सोमवार तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले हराउँदै चर्च ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो। ८९औं नविन लामाको कर्नरमा राजले पोष्टको अगाडि हेडर […]

February 10, 2025

सहारा एकेडेमीका ६ खेलाडीले बिबिसीबाट ‘बी’ लिग खेल्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो। सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, […]

Success

Thank you for your time.