default_image

5 years ago

May 2, 2019

काउटिन्हो स्तरीय खेलाडी हुन् – क्लोप

51 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले क्लबका पूर्व स्टार फिलिप्पे काउटिन्होको तारिफ गरेका छन् । लिभरपुलले अहिले जुन उचाई लिएको छ त्यसमा काउटिन्होको सहयोग रहेको क्लोपले बताएका छन् ।

काउटिन्होले क्लब छोड्दा केहि विवाद पनि भएको थियो । उनले पटक पटक लिभरपुललाई आफुलाई छाड्न आग्रह पनि गरेका थिए । उनी सिजनको मध्येमा लिभरपुलबाट स्पेनिस महारथी क्लब पुगेका थिए । काउटिन्होले क्लब छाडेयता पूर्व सहकर्मीविरुद्ध पहिलो पटक उत्रदैछन् । काउटिन्होले क्लब छोड्दा दुवैतर्फलाई राम्रो भएको प्रशिक्षक क्लोपले बताएका छन् ।

‘हामीले काउटिन्होलाई मिस गरेका छौं । किनकी उनी विश्वस्तरीय खेलाडी हुन् । मलाई उनीसँग काम गर्न मजा लाग्थ्यो,’ क्लोपले भने,‘ तर पनि हामीले उनी विना पनि खेल्यौं र हामीले निकै राम्रो ग¥यौं । पहिलो पटक उनी बार्सिलोना जान चाहेको बारे सोच्दा म उनी विना क्लबको कल्पना पनि गर्न सक्दैन थिए । तर, हामीले ग¥यौं । मलाई लाग्छ त्यो सम्झौता दुवै पक्षका लागि फाइदाजनक रह्यो ।’

केहि वर्षअघि सम्म लिभरपुललाई च्याम्पियन्स लिगका लागि छनोट हुनु पनि ठूलो विषय रहेको उल्लेख गर्दै क्लोपले अहिले टोलीले निकै स्तरीय प्रदर्शन गरिरहेको बताएका छन् । ‘हामी लयमा छौं । बार्सिलोनासँग खेल्दैछौं, उनले भने,‘ हामी लगातार दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेका छौं । यो हाम्रो लागि सकारात्मक पाटो हो ।’

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

Success

Thank you for your time.