6 years ago
May 1, 2019
एजेन्सी – फ्रान्सेली लिगको च्याम्पियन टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार लिगमा मोन्टपेलरसँग ३-२ को हार बेहोरेको छ ।
पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको पीएसजीको लिगमा लगातार तेस्रो हार हो । जनवरी २०१० पछि टोलीले पहिलोपटक लगातार तेस्रो पराजय बेहोरेको हो । पीएसजीले खेलको १२ औं मिनेटमा एम्ब्रोस ओयोंगोको आत्मघाती गोलमा अग्रता लिएको थियो । तर प्रेस्नेल किम्पेम्बेले अर्कोतर्फ पनि आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो ।
दोस्रो हाफको ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाए । तर ५ मिनेटको अन्तरमा दुई गोल गर्दै मोन्टपेलरले अग्रता लियो । ८० औं मिनेटमा एन्डी डेलार्ट र ८५ औं मिनेटमा सुलेमान कमाराले गोल गर्दै पीएसजीलाई स्तब्ध पारे । पीएसजीले स्टार फरवार्ड नेयमारलाई पहिलो रोजाइमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।
अघिल्लो साता मात्र फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएको पीएसजीले लिग उपाधि भने जितिसकेको छ । उपाधि संख्याको हिसाबले यो पीएसजीको सन् २०१३ यताकै सबैभन्दा खराब सिजन रहयो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुनेइन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ३९ बाट छनोट गरि ३० जना घटाइएको छ। ३० मा व्यवसायिक फुटबलका लागि देश बाहिर रहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडल समावेश छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि १४ […]
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रशिक्षक गणेश खड्काको विश्वासमा खरो उत्रदै गोलकिपर सरिन जि.सीले टाइब्रेकरमा आदित्य शाक्यको पेनाल्टी रोकेपछि थ्री स्टार क्लब २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ। पहिलो रोजाइका गोलकिपर अभिषेक बरालको ठाउँमा सरिनलाई थप समयको पनि इन्ज्युरी समयमा मैदान पठाइएको हो । त्यो मौकालाई सरिनले सदुपयोग गरेका छन्। दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिवार (फागुन ३ गते) मैत्रीपूर्ण खेल हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रमुख प्रशिक्षक […]