6 years ago
April 29, 2019
इलाम (हाम्रो खेलकुद)- पाहुना टोली भुटानको पारो एफसीमाथी ३–० गोल अन्तरको जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
आज भएको तेश्रो क्वाटरफाइनल खेलमा पुलिसको जितका लागी भरत शाह र रवि पासवानले गोल गरे । पहिला हाफको इन्जुरी समयमा तेज तामाङको फ्रिकिकमा मानबहादुर परियार मिलाइएको पासलाई जाली चुमाउदै कप्तान भरत शाहले सुरुवाती अग्रता दिलाएका थिए ।
५६ औ मिनेटमा सुमन लामाको पासमा रवि पासवानले अग्रता २–० बनाए । त्यसको २ मिनेट नवित्दै रविले व्यक्तिगत दोश्रो गोल गरे । खेलमा दुवै टिमले पाएका केही सुन्दर अवसरहरु गोलमा परिणत हुन सकेन ।
१८ औं मिनेटमा भरत शाहको प्रहार भुटानका गोलरक्षक कर्मा छोपेलले बचाए । ३० औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ३५ औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो ।
३३ औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । ४६ औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए । ४९ औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले ।
खेलको म्यान अफ द म्याच बिजेता टीम नेपाल पुलिस क्लबका रवी पासवान भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार पाए । मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाण्डौ र माईभ्याली फुटबल क्लब इलामबीच हुने छ ।
बैशाख १२ गतेदेखि शरु भएको प्रतियोगितामा नेपालका ८, क्यामरुनको दाउफिन्स एफसी र भुटानको पारो एफसीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार, उपबिजेताले ५ लाख १ हजार रुपैया पुरस्कार पाउने छ ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो पटकको भेटका कारण शुरुमा स्कोर हुन नसकेको बताए । उनले खेलाडीको तालमेलका कारण जित निकाल्न सकिएको बताए । भुटानका प्रशिक्षक पुष्पलालले कृतिम मैदानमा खेल्ने खेलाडीलाई प्रकृतिक मैदानका कारण खुलेर खेल्न नपाएको टिप्पणी गरे । उनले नियमित खेल्ने ६ जना खेलाडीको अनुपस्थितीमा सोचेअनुकुलको नतिजा निकाल्न नसकिएको बताए ।
भुटान नेशनल लिग उपविजेता पारोले जारी सिजनमा रुस्लान थ्रीस्टार क्लबलाई १–० ले हराउँदै जिग्मे दोर्जे वाङचुक गोल्डकपको उपाधी जितेको थियो भने पुलिसले सिजनको सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधी जितेको छ । पारोले यसअघि सर्लाहीमा सम्पन्न तेश्रो राजर्षी जनक कपमा सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]