default_image

6 years ago

April 29, 2019

चेकका स्ट्राइकरको बस दुर्घटनामा परेर निधन

97 views

0 Bookmark

एजेन्सी – चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुराल बस दुर्घटनामा परेर निधन भएको छ। खेलपछि फर्कने क्रममा खेलाडी बोकेको बस दुर्घटना परेपछि उनको मृत्यु भएको हो।

टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेपछि अस्पतालमा उपचारका क्रममा २८ वर्षीय सुरालको निधन भएको हो। उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए।

लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि उक्त दुर्घटनामा परेपनि उनलाई कुनै शारीरिक चोट भने लागेन। क्लबका अध्यक्ष हसान काभुसोग्लुका अनुसार बसका चालक निदाएका कारण दुर्घटना भएको थियो।

सुराल बाहेक अन्य ६ खेलाडी घाइते भएपनि उनीहरुको स्वास्थ अवस्था भने सामान्य रहेको अध्यक्ष काभुसोग्लुले जनाए। सुराल यसै जनवरीमा मात्र क्लबसँग आबद्ध भएका थिए।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.