6 years ago
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्षको वैशाख २२ गते ‘एन्फा दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।
एन्फाले जारि गरेको प्रेस विज्ञप्तिका अनुसार यस वर्ष विभिन्न विधाका ११ व्यक्तित्व तथा संस्थालाई विविध विधामा अवार्ड प्रदान गरिनेछ । राजधानीको एक होटेलमा आयोजित हुने कार्यक्रममा हरेक विधाका विजेताले नगद पुरस्कारसहित अवार्ड प्राप्त गर्नेछन् । पुरस्कार राशी विधाअनुसार फरक फरक रहने एन्फाले जानकारी दिएको छ ।
पुरस्कृत हुने विधाहरु :
१. विशेष योगदान खेलाडी अवार्ड २०७५ (पुरुष)
२. विशेष योगदान खेलाडी अवार्ड २०७५ (महिला)
३. वर्ष उत्कृष्ट प्रशिक्षक २०७५
४. वर्ष उत्कृष्ट जिल्ला फुटबल संघ २०७५
५. वर्ष उत्कृष्ट क्लब २०७५
६. लाइफटाइम एचिभमेन्ट अवार्ड २०७५
७. विदेशी भूमिमा उत्कृष्ट व्यावसायिक खेलाडी २०७५
८. उदीयमान खेलाडी २०७५ (पुरुष) [पूर्वकप्तान स्वोर्गीय मणि विक्रम शाहको स्मृतिमा]
९. उदीयमान खेलाडी २०७५ (महिला) [पूर्वकप्तान स्वोर्गीय मणि विक्रम शाहको स्मृतिमा]
१०. उत्कृष्ट रेफ्री २०७५ (पुरुष) [पूर्व फिफा रेफ्री स्वोर्गीय रुपकराज शर्माको स्मृतिमा]
११. उत्कृष्ट रेफ्री २०७५ (महिला) [पूर्व फिफा रेफ्री स्वोर्गीय रुपकराज शर्माको स्मृतिमा]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]