6 years ago
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे । फ्रेन्डसका बिकास लामाले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता एपीएफले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै फ्रेन्डसले खेलको तेस्रो मिनेटमा बक्स बाहिर प्राप्त फ्रिकिकलाई सदुपयोग गर्न सकेन । ११औं मिनेटमा फ्रेन्डसले अर्काे मौका खेर फाल्यो । १६औं मिनेटमा आशिष लामाले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा ढिला प्रहार गर्दा फ्रेन्डस्का गोलरक्षक देव लिम्बुले दोस्रो प्रयासमा बचाएका थिए । १८औं मिनेटमा याया यान्निकको बक्स बाहिरको प्रहार एपीएफका गोलरक्षक रोमन रसाइलीले मुस्किलले बचाए । २५औं मिनेटमा धिरज श्रेष्ठको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमनले मुस्किलले बचाउँदै खतरा टारेका थिए ।
३०औं मिनेटमा प्रविन स्याङ्तानले पेनाल्टी एरियाभन्दा ठीक बाहिरबाट गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, एपीएको त्यो अग्रता लामो सयम टिकेन । ३३औं मिनेटमा विकास लामाले फ्रेन्ड्स क्लबका लागि बराबरी गोल फर्काए । डिफेन्डर सन्तोष कटुवालको गल्तीको फाइदा उठाउदै विकासले सहजै गोल गरेका थिए । ३८औं मिनेटमा एपीएफले गोल गर्ने सुन्दर मौका खेर फाल्दा खेलमा पुन अग्रता लिने मौका गुमायो । ४२औं मिनेटमा कप्तान सुदिप शिख्रकारको बक्स बाहिरको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरियो ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले सुधारिएको खेल पस्केपनि गोल भने गर्न सकेन । ४९औं मिनेटमा राजेन्दै रावलको डि–बक्स बाहिरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ६४औं मिनेटमा रामकुमार कुमालले वान भर्सेस वानमा गोल गर्न चुके । रामकुमारको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । ७७औं मिनेटमा धिरज श्रेष्ठको प्रहार पनि पोस्टमा लाग्दै फर्कदा फ्रेन्डसले खेलमा अग्रता लिनबाट चुक्यो ।
त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा थप गरिएको इन्ज्युरी समयको पहिलो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । एपीएफका आशिष लामा खेलको म्यान अफ दि म्याच भए । उनले ५ हजार रुपैया प्राप्त गरे ।
दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक दीपशखिा युवा समूह र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच दिनको ठीक ३ बजे खेल हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]