6 years ago
April 29, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीको खराब प्रदर्शनलाई लिएर समर्थकसँग माफी मागेका छन् ।
ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल अंक तालिकाको १९ औं स्थानमा रहेको रायो भालेकानोसँग १-० ले पराजित भएको थियो । अघिल्लो दिन चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगा जितेको अवस्थामा आफ्नो टोलीले खराब प्रदर्शन गर्दा निकै नराम्रो लागेको उनले बताए । यस हारसँगै रियल बार्सिलोनाभन्दा १८ अंक पछाडी पुगेको छ र तेस्रो स्थानमा रहने पक्का भएको छ ।
‘आज हामीले केहि गर्न सकेनौं । पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म हामीले निकै खराब फुटबल खेल्यौं । कहिलेकहीं गोल नहुन सक्छ, तर आज हामीले गोलको लागि अवसर पनि सिर्जना गर्न सकेनौं,’ जिदानले निराश हुँदै भने, ‘ हामीले यस्तो प्रदर्शन गर्दा आफैमाथि रिस उठ्नु पर्छ । यो खेलाडी मात्र होइन मेरो पनि जिम्मेवारी हो । समर्थकहरुसँग हामी यस्तो प्रदर्शनका लागि माफी चाहन्छौं ।’
जिदानले आफुले चाहे यस पटक सिजनको अन्त्य अहिले नै गर्ने पनि बताए । ‘हामीले चाहे यो सिजन अहिले अन्त्य होस् भन्ने चाहन्छौं । तर लिगका अझैं तीन खेल बाँकी छ । हामीले यी तीन खेलमा आफ्नो राम्रो प्रदर्शन दिएर उचित नतिजा निकाल्नुपर्छ,’ उनले भने । रायोले सन् १९९७ यता रियललाई पहिलो पटक पराजित गरेको हो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुनेइन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ३९ बाट छनोट गरि ३० जना घटाइएको छ। ३० मा व्यवसायिक फुटबलका लागि देश बाहिर रहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडल समावेश छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि १४ […]
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रशिक्षक गणेश खड्काको विश्वासमा खरो उत्रदै गोलकिपर सरिन जि.सीले टाइब्रेकरमा आदित्य शाक्यको पेनाल्टी रोकेपछि थ्री स्टार क्लब २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ। पहिलो रोजाइका गोलकिपर अभिषेक बरालको ठाउँमा सरिनलाई थप समयको पनि इन्ज्युरी समयमा मैदान पठाइएको हो । त्यो मौकालाई सरिनले सदुपयोग गरेका छन्। दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिवार (फागुन ३ गते) मैत्रीपूर्ण खेल हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रमुख प्रशिक्षक […]