default_image

5 years ago

April 29, 2019

नर्नवर्ग पेनाल्टीमा चुक्दा बायर्नलाई राहत, उपाधि होड रोमान्चक

47 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा नर्नवर्ग पेनाल्टीमा चुक्दा शीर्षस्थानको बायर्न म्युनिख हारबाट जोगिएको छ । जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको बायर्न नर्नवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

शीर्षस्थानको बायर्न बराबरीमा रोकिएसँगै जर्मन बुन्डेस लिगाको उपाधि होड अझै खुला रहेको छ । बुन्डेस लिगाको तीन चरणको खेल बाँकी रहँदा शीर्षस्थानको बायर्न र बोरुसिया डर्टमन्डबीच २ अंकको मात्रै फरक छ ।

बायर्नको ३१ खेलबाट ७१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्ड ६९ अंक छ । बराबरीपछि नर्नवर्ग रेलिगेसन जोनको १७औं स्थानमा छ ।

अब बायर्नले ह्यानोभर, आरबी लेपिजिज र फ्रान्कफर्टसँग खेल्न बाँकी छ । डर्टमन्डले वेरडर ब्रेमेन, फोर्टुना र बोरुसिया मोन्चेग्लावाचसँग खेल्न बाँकी छ ।

घरेलु मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको शुरुमै नर्नवर्गले अग्रता लिन सफल भएको थियो । म्याथ्युज पेरेराले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५औं मिनेटमा सर्जि जिनाब्रीले बराबरी गोल फर्काए । घरेलु टोलीले खेलको इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

बायर्नका अलफान्सो डेभिसले जर्ज मार्गेटरलाई एलबो प्रहार गरेपछि रेफ्रीले नर्नवर्गलाई पेनाल्टीको मौका दिएको थियो । तर, पेनाल्टीमा टिम लेइवोल्ड चुके ।

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.