default_image

5 years ago

April 28, 2019

युनाइटेडसँगको खेल फाइनल सरह !

37 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– चेल्सीका पेद्रोले प्रिमियर लिगमा आफ्नो टोलीले शीर्ष चार भित्र पर्नका लागि म्यानचेस्टर युनाइटेडसँग आज हुने खेल फाइनल सरह हुने बताएका छन् । शीर्ष चारका दाबेदारमध्येका युनाइटेड र आर्सनल पछिल्ला खेलमा पराजित भएपछि चेल्सीलाई केहि सहज भएको छ । शीर्ष चारमा पर्ने टोली अर्को वर्ष च्याम्पियन्स लिगका लागि छनोट हुनेछ ।


आइतबार युनाइटेडसँग हुने खेल चेल्सीका लागि यो अवस्थामा सबैभन्दा चुनौतीपूर्ण हुनसक्छ । पेद्रोले युनाइटेडसँगको खेलको महत्वका बारेमा भनेका छन्, ‘यो फाइनल जस्तो हो । शीर्ष चारमा पर्नका लागि खेल महत्वपूर्ण छ । हामी युनाइटेडमा जित चाहन्छौ.। हामीलाई थाहा छ त्यो सजिलो छैन ।’

पेद्रोले युनाइटेडमा पनि निकै राम्रा खेलाडी रहेको उल्लेख गर्दै उनले पनि त्यत्तिकै बलियो रहेको बताए । ‘अहिलेको क्षणमा उनीहरु एकदम राम्रो लयमा छैनन् । त्यसैले हामीले जितका लागि संघर्ष गर्नुपर्दछ,’ उनले भने, ‘तीन अंक लिनका लागि यो महत्वपूर्ण अवसर हो ।’

आफ्नो फिटनेसका बारेमा पेद्रोले थपे, ‘मलाइ ठिकै महसुस भइरहेको छ । सायद म आइतबार पहिलो रोजाइमा हुने छैन । तर मेरो लागि नतिजा महत्वपूर्ण हो । म खेलमै केन्द्रित छु । हामी चाहन्छौं, चाहेको नतिजा निकाल्न सकौं ।’

समान ३५ खेलमा चौथो स्थानको चेल्सीको ६७ अंक र युनाइटेडको ६४ अंक छ । एक खेल बढी खेलेको पाँचौ स्थानको आर्सनलको ६६ अंक छ । आर्सनल आइतबारको खेलमा लेस्टरसँग ३–० ले पराजित भएको छ ।

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.