default_image

6 years ago

April 28, 2019

नेपालले उज्बेकिस्तानको सामना गर्दै

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू-१९ राष्ट्रिय फुटबल टोलीले एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूहको दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दैछ ।

समूह ‘ए’ को पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पराजित भएको खण्डमा नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । नेपाली टोलीमा सिनियर राष्ट्रिय टोलीका ६ खेलाडी रहेका छन् । सिनियर टोलीबाट खेलिसकेकी मन्जलीकुमारी योन्जनले नै अष्ट्रेलियाविरुद्ध नेपालको लागि एकमात्र गोल गरेकी थिइन् ।

समूहको अर्को खेलमा शुक्रबार आयोजक म्यानमारले उज्बेकिस्तानलाई १-० ले पराजित गरेको थियो । उज्बेकिस्तान पनि नेपाललाई पराजित गर्दै अंकको खाता खोल्ने लक्ष्यमा हुनेछ । मण्डलेस्थित मण्डलाथिरी रंगशालामा हुने दोस्रो खेलमा म्यानमार र अष्ट्रेलिया पनि आमनेसामने हुनेछन् ।

प्रत्यक समूहबाट उत्कृष्ट दुई टोली अन्तिम चरणमा प्रवेश गर्नेछन् । अर्को समूहमा दक्षिण कोरियाले पहिलो खेलमा लेबनानलाई ९-० ले हराएको थियो । आयोजक भिएतनाम र इरानले भने १-१ को बराबरी खेले । अन्तिम प्रतियोगिताको आयोजक थाईल्यान्ड, जापान, उत्तर कोरिया र चीन अन्तिम चरणका लागि छनोट भइसकेका छन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.