default_image

5 years ago

April 28, 2019

साल्केसँग ४ गोल खाएपछि डर्टमुन्डको उपाधि लक्ष्य कमजोर

43 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार ९ खेलाडीमा समेटिएको बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा साल्केसँग पराजित भएको छ ।

डर्टमन्ड घरेलु मैदानमा साल्केसँग ४–२ को गोल अन्तरमा पराजित भएको हो । घरेलु टोली सुरुवाती अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । खेलको १४औं मिनेटमा मारियो गोट्जेको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो । १८औं मिनेटमा ड्यानियल कालेगिरीले पेनाल्टमिार्फत बराबरी गोल फर्काएका थिए ।

२८औं मिनेटमा सलिफ सेनले गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा डर्टमन्डका दुई खेलाडीले रातो कार्ड खादै मैदान बाहिरिएपछि डर्टमन्ड समस्यामा परेको थियो । ६०औं मिनेटमा मार्काे रिउस सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ६२औं मिनेटमा ड्यानियलले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै साल्केलाई ३–१ ले अघि बढाए ।

६५औं मिनेटमा मारियस वल्फ पनि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि डर्टमन्ड ९ खेलाडीमा समेटिदा झनै समस्यामा परेको थियो । ९ खेलाडीमा समेटिएपनि डर्टमन्डले उच्च प्रदर्शन गर्दै एक गोल गर्दै खेलमा फर्कन संकेत दिएका थिए ।

डर्टमन्डका एक्सेल विटसेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, ८६औं मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै डर्टमन्डको आशालाई ४–२ ले समाप्त पारिदिए ।

हारसँगै डर्टमन्डको उपाधियात्रा कमजोर बनेको छ । डर्टमन्ड ३१ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बायर्न ७० अंकसहित शीर्षस्थानमा छ । बुन्डेसलिगामा आज शीर्षस्थानको बायर्न म्युनिखले नर्नवर्गसँग खेल्दैछ । यो खेलमा जित हात पारे बायर्नले ४ अंकको अग्रता बनाउनेछ ।

बुन्डेस लिगाका अन्य खेलका नतिजाहरु
अग्सवर्ग विरुद्ध बायर लेभरकुसेन (१–)
फ्रान्कफर्ट विरुद्ध हर्था बर्लिन (०–०)
फोर्टुना विरुद्ध वेरडर ब्रेमेन (–१)
ह्यानोभर विरुद्ध मेइन्ज (–०)
आरबी लेपिजिग विरुद्ध फ्रेइवर्ग (–१)
स्टुटगार्ट विरुद्ध बोरुसिया मोन्चेनग्लाडबाक (–०)

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.