default_image

6 years ago

April 28, 2019

फाइनलमा पीएसजी स्तब्ध, एमबाप्पेलाई रातो कार्ड

89 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा रेनेससँग सडन डेथमा ६-५ ले पराजित भएको छ । निर्धारित समयको खेल २-२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।

पीएसजीले खेलको १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । ब्राजिलियन फरवार्ड नेयमारले २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई जिततत्र्फ़ उन्मुख गराएका थिए । तर ४० औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि रेनेसले खेलमा पुनरागमन गर्ने मौका पायो ।

खेलको ६६ औं मिनेटमा क्लेमेन्ट ग्रेनिएरको क्रसमा मेक्सरले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको खेलमा किलियन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा पीएसजी अग्रता लिनबाट चुकेको थियो । खेलको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

पीएसजीले टाइब्रेकर सुरु हुनुभन्दा केहि समय अगाडीमात्र मैदान प्रवेश गराएका क्रिस्टोफर एनकुन्कुले पेनाल्टी मिस गरेका थिए । सुरुवाती पाँच प्रहारमा दुवै टोलीका खेलाडीले गोल गरे । छैटौं प्रहारमा रेनेसका इस्माइला सार्रको प्रहार गोल हुँदा एनकुन्कुको प्रहार भने आकासियो ।

रेनेसले सन् १९७१ पछि पहिलोपटक फ्रेन्च कप उपाधि जितेको हो । यो क्लबको इतिहासमा तेस्रो कप उपाधि हो । यता पीएसजी भने सन् २०११ यता पहिलो पटक फाइनलमा पराजित भयो । पछिल्लो सिजन क्वाटरफाइनलमा पराजित भएको पीएसजीले त्यसअघि लगातार ५ सिजन कप उपाधि जितेको थियो ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.