9 years ago
May 7, 2016
चेल्सी फुटबल क्लबका कप्तान तथा डिफेन्डर जोन टेरीले अब फेरी उक्त क्लबबाट खेल्न नपाउने भएका छन्|
इंगलिस प्रिमिएर लिग अन्तर्गत शनिबार सन्डरल्याण्ड विरुद्ध भएको खेलमा टेरीले दुइ पहेंलो कार्ड प्राप्त गर्दै रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो| खेलको ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा टेरीले दोश्रो पहेंलो कार्ड पाएका थिए|
यस सिजनको दोश्रो रातो कार्ड भएकाले अब टेरीले यो सिजन बाँकी रहेको दुवै खेलमा सहभागिता जनाउने छैनन्| टेरिको यसै सिजनबाट क्लबसंगको अनुबन्धन समाप्त हुने कारणले उनले फेरी चेल्सिबाट खेल्ने छैनन्|
यसअघि पनि टेरिको अनुबन्धन सकिएर उनको क्लब छाड्ने हल्ला रहेको थियो तर नयाँ म्यनेजर आएसंगै उनको बस्ने कुरा मिलेको थियो| आन्द्रे भिलास बोस चेल्सीको म्यानेजर हुँदा पनि टेरीरी सोहि समस्या बाट गुज्रने देखिएको थियो|
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]