6 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा आजबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।
मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाले बलियो अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर देखिदा खेलभर नै दवाव झेलेको थियो ।
नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो । अष्ट्रेलियाको फराकिलो जितमा सिनियर राष्ट्रिय टिममा समेत स्थान बनाइसकेकी मारी फोलरले ह्याट्रिकसहित ५ गोल गरिन् । सुसन फोनसङखाम, मेलिन्डा, रचेल लोइ, क्यारा कोनी क्रस, पेज रिले र सादिनी इभान्सले समान एक-एक गोल गरे । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफको इन्ज्युरी समयमामा एक गोल फर्काएकी थिइन् ।
उत्कृष्ट प्रदर्शन गर्दै एएफसी कपमा छनोट हुने लक्ष्य बनाएको नेपाल फराकिलो हारसँगै एएफसी कपमा छनोट हुने सम्भावना झिनो बनेको छ । समूह ‘ए’ को नेपालले अब २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष दुई टोली एएफसी यू-१९ च्याम्पियनसिपमा छनोट हुनेछन् ।
आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यु–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए ।डि ब्रुएनाले […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]