default_image

6 years ago

April 26, 2019

सार्रीलाई ८ हजार पाउन्ड जरिवाना !

69 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई फुटबल एसोसिएसन (एफए) ले ८ हजार पाउन्ड जरिवाना सुनाएको छ ।

प्रिमियर लिग अन्तरगत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए । त्यसपछिको थप अनुसन्धानले उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो ।

गत सोमबार राति भएको खेलको इन्ज्युरी समयमा उनले रेफ्रीमाथि गलत व्यवहार गरेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

Success

Thank you for your time.