6 years ago
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा आज नेपालले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ ।
खेल म्यानमारको मन्डलेस्थित मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ३:१५ बजेपछि सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली युथ टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो ।
नेपालले चीन भ्रमणको दुई मैत्रीपुर्ण खेल खेलेको थियो । छेन्दु प्रान्तको टोलीसँग पहिलो खेलमा ३–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा १–१ को बराबरी खेलेको थियो ।
नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले चीन प्रस्थान गर्नुअघि टिमको तयारी राम्रो रहेका कारण अष्ट्रेलिया भन्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका थिए । उनले उमेर समूहमा वरीयताले खासै प्रभाव पार्ने बताउँदै समूहका सबै टोलीविरुद्ध आक्रमक फुटबल खेल्दै टोली जितका लागि मानसिक र शारीरिक रुपमा तयार रहेकोसमेत बताएका थिए । कप्तान सरू लिम्बुले टोलीमा रहेको समन्वयले राम्रो प्रदर्शन गर्ने बताएकी थिइन् ।
फिफा वरीयतामा अष्ट्रेलिया छैंटौ तथा नेपाल १०३औं स्थानमा छन् । समुह ‘ए’ मा नेपालले २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समुह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम, इरान र लेबनाम छन् ।
हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् । आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् ।
नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उपविजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको थियो । पहिलो चरणमा भारतमाथि २–० र पाकिस्तानमाथि ९–० को जित निकालेको नेपाल घरेलु टोली थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।
नेपाली टोलीः सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।
मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ
प्रशिक्षकः प्रकाश वैद्य
गोलरक्षक प्रशिक्षकः अस्मिता खवास
टिम म्यानेजरः जमुना गुरुङ
फिजियोः नवीना श्रेष्ठ
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]