default_image

6 years ago

April 25, 2019

भ्यालेन्सियामाथि एट्लेटिकोको रोमाञ्चक जित

63 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

ला लिगा अन्तरगत बुधबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटा, एन्टोइन ग्रिजमन र एन्जल कोरेराले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे ।

घरेलु मैदानमा निकै रोमाञ्चक बनेको खेलमा घरेल टोलीले अल्भेरो मोरटाको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३६औं मिनेटमा केभिन गेमेरियोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टोइन ग्रिजमनले गोल गरेपछि एट्लेटिकोले २–१ को अग्रता बनायो । ग्रिजमनले ४९औं मिनेटमा गोल गरेका थिए । ७७औं मिनेटमा ड्यानियलले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा एन्जल कोरेरो गोल गर्दै एट्लेटिकोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै एट्लेटिकोले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ९ मा झारेको छ । यो जितले बार्सिलोना च्याम्पियन बन्न एक खेल कुर्नुपर्ने भएको छ ।

एट्लेटिको बराबरी वा पराजित भएको भए बार्सिलोना चार खेल अगावै ला लिगा च्याम्पियन बन्ने थियो । पराजित भ्यालेन्सिया ५२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा जोगिएको छ । शनिवार भएको खेलमा रियलले सिटी डर्बीमा एट्लेटिको डि मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता भने एट्लेटिकोले लिएको थियो । खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको […]

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

Success

Thank you for your time.