default_image

6 years ago

April 24, 2019

बार्सिलोनाले डिर्पाेटिभोलाई हरायो, उपाधिबाट एक जित टाढा

91 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पाेटिभो अलाभेसलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको छ ।

बार्सिलोनालाई च्याम्पियन बन्न मात्रै एक जितको खाँचो छ । अब आइतबार लेभान्टेलाई पराजित गर्न सके बार्सिलोना ३ खेल अगावै ला लिगा च्याम्पियन बन्नेछ ।

३४औं चरणको खेल जारी रहँदा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १२ अंकको तथा रियल मड्रिडसँग १६ अंकको फराकिलो अग्रता लिएको छ । बार्सिलोनाको ३४ खेलबाट ८० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ६८ तथा रियलको ६४ अंक छ । अलाभेस ४६ अंकसहित आठौं स्थानमा छ ।

अलाभेसको मैदानमा बार्सिलोनाले बल पोजेसन राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५४औं मिनेटमा कार्लेस एलेनाले सर्जि रोबर्टाेको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

६०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाएर ला लिगाको उपाधि नजिक उभ्याए । जेरार्ड पिकेले गोल गरेपनि त्यो भन्दा अघि थोमस पिनाको ह्यान्ड भएपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । दुई गोल पश्चात बार्सिलोनाले कप्तान लियोनेल मेस्सीलाई मैदान उतारेपनि थप गोल भने गर्न सकेन ।

अब बार्सिलोनाले लेभान्टेसँगै सेल्टा डि भिगो, गेटाफे र इवारसँग खेन बाँकी छ ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.