default_image

9 years ago

May 6, 2016

विमलले आगामी सिजन युरोपमा खेल्ने लगभग पक्का

124 views

0 Bookmark

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर बिमल घर्ति मगरले आगामी सिजन युरोपमा व्यवासायिक फुटबल खेल्ने भएका छन्|

Bimal

विगतमा पनि युरोपमा रहेर प्रशिक्षण गर्दै आएका विमलले अठार वर्ष नपुगेका कारण अनुबन्धन हुन सकेका थिएनन्| तर गत जनवरी २६मा १८ वर्ष पुगेको र युरोपमा सिजनको अन्त्य नजिकिदै गर्दा उनको युरोपमा खेल्ने ढोका खुल्न लागेको हो| उनीबाहेक अनन्त तामाङ् र अन्जन बिष्टको पनि युरोपमा खेल्न सक्ने सम्भावना रहेको छ| गत मार्च र अप्रिल महिना युरोपमा प्रशिक्षण लिएका अनन्त र अन्जनको भने भाग्यको फैसला केहि महिनामा हुनेछ|

विमलले विगतको समयमा युरोपमा रही राम्रो प्रदर्शन गर्दै आएको र नेपाली राष्ट्रिय टोलीबाट पनि राम्रो प्रदर्शन गरेका कारण उनलाई विभिन्न क्लबहरुले अनुबन्धनको लागि बोलाएका छन्| बिमल केहि दिनमै युरोपतिर जाने जानकारी हाम्रोखेलकुदले प्राप्त गरेको छ|

बिमललाई स्पेन, फ्रान्स र बेल्जियमका क्लबबाट अफर आएपनि उनले बेल्जियम नै बस्ने सम्भावना प्रवल रहेको छ| विगतको समयमा बेल्जियममा धेरै समय विताएका बिमल त्यहाँको वातावारणमा भिजिसकेको र त्यसै ठाउको अफर केहि राम्रो रहेको पनि बुझिएको छ| १८ वर्षीय बिमलले आगामी मे महिनामा हुने मलेसिया विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी नहुने सम्भावना पनि बढेको छ|

विमलले बेल्जियमको गेंक, अन्द्रेले, क्लब ब्रुज, नेदरल्याण्डको ट्वेन्टे, लगाएतका क्लबमा केहि समय बिताइसकेका छन्|

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.