6 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको फुटबलको स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ ।
नेपालगन्ज रंगशालामा मंगलबार साझ भएको दोस्रो सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको छ । आज बिहान भएको खेलमा प्रदेश ५ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।
फाइनल बधबार आठौंको समापनअघि हुनेछ । पुरुष भलिबलमा पनि आर्मी र पुलिसबीच नै प्रतिस्पर्धा हुनेछ । पुलिसलाई फाइनलमा पुर्याउनका लागि रवि पासवान र तेज तामाङले गोल गरे । एपिएफका लागि आशिष लामाले गोल गरेका थिए ।
रविको गोलमा पुलिसले नवौं मिनेटमा खेलमा अग्रता लिएको थियो । तेजले ३४ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । खेल सकिन १८ मिनेट बाँकी रहँदा एपिएफका आशिषले फर्काएको गोल सात्वना मात्र रहन सक्यो ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]