9 years ago
May 6, 2016
पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ|
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो|
दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै लिभरपुललाइ अग्रता दिलाए| खेलको ७१औं मिनेटमा दोश्रो पहेंलो कार्ड पाएपछि भिक्टर रुइज रातो कार्ड खादैं मैदान बाहिरिए र भिल्लारियल दश खेलाडीमा सिमित भयो| त्यसको फाइदा उठाउदै एडम लाल्लानाले ८१औं मिनेटमा गोल गर्दै लिभरपुलको जित पक्का गरे|
यसैगरी हिजै भएको अर्को सेमी फाइनलमा सेभिलाले शाख्तर दोनेस्कलाई ३-१ ले पराजित गर्दै समग्रमा ५-३को जित दर्ता गर्यो| सेभिलाको लागि केभिन गमेरियोले दुइ गोल गरे भने मरियानोले अन्तिम गोल थपे| पराजित टोलि शाख्तरको लागि इदुआर्दोले गोल गरेका थिए|
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]