6 years ago
April 22, 2019
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रलृन्च लिग वान च्याम्पियन बनेको छ ।
लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ ले पराजित गर्दै पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको हो । पीएसजीको यो पछिल्लो सात सिजनमा छैटौ उपाधि हो । एक सिजन मोनाको च्याम्पियन बनेको थियो ।
पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ । आइतबार राति नै दोस्रो स्थानको लिले टोलुसोसँग गोलरहित बराबरीमा रोकिएसँगै पीएसजी च्याम्पियन बन्न सहज भएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जिताउन युवा फरवार्ड एमबाप्पेले ह्याट्रिक पुरा गरे । पछिल्लो केही खेलमा गोल गर्न असफल हुदा एमबाप्पेको आलोचना सुरु भएको थियो ।
खेलको १५औं मिनेटमा एमबाप्पेको पहिलो गोल गरे । ३८औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५६औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पुरा गरे । ८०औं मिनेटमा एलेसन्दर गोलोभिनले सान्त्वाना गोल गरे । पराजित मोनाको ३३ खेलबाट ३२ अंक जोडेर १६औं स्थानमा छ ।
यही खेलबाट नेयमार जुनियरले तीन महिनापछि खेलमा पुनरागमन गरे । नेयमार दोस्रो हाफमा लेभिन कुर्जावाको स्थानमा मैदान प्रवेश गर्दै पुनरागमन गरे । नेयमारले ३ महिनाअघि फ्रेन्च कप दौरान स्टार्सवर्गविरुद्धको खेलमा मेटाटर्सलमा चोट बोेकेका थिए ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]