default_image

6 years ago

April 21, 2019

बेन्जेमाको ह्याट्रिकमा रियलको जित

96 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथलेटिक बिल्बाओलाई ३-० ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ४७ औं मिनेटमा बेन्जेमाले मार्को एसेन्सियोको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले लुका मोड्रीचको कर्नरलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारे ।

खेलको अन्तिम मिनेटमा बेन्जेमाले ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनको यो जारि सिजन लिगमा २१ औं गोल हो । उनी सर्वाधिक गोलकर्ता सुचिमा दोस्रो स्थानमा छन् । लगातार पाँचौ खेलमा गोल गरेका बेन्जेमाले नै रियलको पछिल्लो आठ गोल गरेका हुन् ।

यस जितसँगै रियलले अंक तालिकामा ३३ खेलमा ६४ अंक जोडेको छ । समान खेलमा ६८ अंक जोडेको एटलेटिको म्याड्रिड दोस्रो र ७७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.