6 years ago
April 21, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा शीर्ष चारको होडमा रहेको म्यानचेस्टर युनाइटेड एभरटनको घरेलु मैदानमा ४-० को फराकिलो अन्तरले पराजित भएको छ ।
ब्राजिलियन फरवार्ड रिचार्लीसनले खेलको १३ औं मिनेटमा गोल गर्दै एभरटनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । २८ औं मिनेटमा गिल्फी सिगर्डसनले इड्रीसा गेयेको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोल गरेको एभरटनले दोस्रो हाफमा पनि २ गोल थप्यो ।
दोस्रो हाफको ५६ औं मिनेटमा लुकास डीग्नेले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहारलाई सिधै गोलमा परिणत गर्दै ३-० को अग्रता दिलाए । त्यसको ८ मिनेटमै थियो वालकटले एभरटनलाई ४-० ले अगाडी बढाए । उनले सिगर्डसनको थ्रु पासलाई सदुपयोग गर्दै गोल गरे ।
यस नतिजासँगै युनाइटेडले शीर्ष ४ मा प्रवेश गर्ने मौका गुमाएको छ । युनाइटेडले ३४ खेलमा ६४ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको टोटेनहमले ३४ खेलमा ६७ अंक जोडेको छ । ३३ खेल खेलेको चौथो स्थानको आर्सनल र ३४ खेल खेलेको पाँचौ स्थानको चेल्सीको समान ६६ खेल छ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]