6 years ago
April 21, 2019
एजेन्सी – युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । लगातार सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो ।
सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ ।
युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो । जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो । ३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो । बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन ।
घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
खेलको छैटौ मिनेटमा नै निकोला मिलेनकोभिकले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो । ३७औं मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफको सुरुमै आत्मघाती गोल भएपछि युभेन्टसले खेलमा २–१ को अग्रता बनायो ।
५३औं मिनेटमा जर्मन पिज्जेल्लाले विपक्षीको प्रहार बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।
यससँगै यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले सिरी ‘ए’ को पहिलो उपाधि जित्न सफल भयो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]