6 years ago
April 20, 2019
एजेन्सी (हाम्रो खेलकुद) – टोटेनहम हस्टपरलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
नििबार साँझ घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । सिटीले लिभरपुललाई एक अंकले पछि पारेको हो । लिगमा ४ खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ ।
सिटीको ३४ खेलबाट ८६ अंक पुगेको छ । दोस्रो स्थानको लिभरपुलको समान ३४ खेलबाट ८५ अंक रहेको छ । सिटीको जितमा पहिलो हाफमा फिल फोडेनले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पाँचौ मिनेटमा सर्जियो अगुएरोको पासमा गोल गरेका थिए ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]