default_image

6 years ago

April 20, 2019

ब्राजिली रिचार्लीसनलाई अनुबन्ध गर्ने बार्सिलोनाको अन्तिम तयारी

73 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

बार्सिलोना अर्काे सिजनको लागि लुइस स्वारेजको सहयात्री खोजिमा छ । यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको हो ।

बार्सिलोनाले गत जनवरीमा केभिन प्रिन्स बोएटिङलाई लोनमा अनुबन्ध गरेपनि उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । उनले जम्मा ३ खेलमा मात्रै मौका पाएका छन् ।रिचार्लीसन बार्सिलोनाको अग्रपङ्ति सम्हाल्न योग्य रहेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

रिचार्लीसनले यो सिजन ३२ खेलमा १२ गोल गर्नुका साथै २ एसिस्ट गरेका छन् ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.