6 years ago
April 19, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा दुई विभागिय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् ।
फरवार्डद्वय सावित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गर्दा एपीएफले गण्डकी प्रदेशलाई ११-० ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो । सावित्रा र अनिता केसीको ह्याट्रिकसँगै अनिता बस्नेत,रेनुका नगरकोटे, अनु लामा र गिता रानाले पनि गोल गरे ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई ८-० ले पराजित गरेको छ । आर्मीका लागि कप्तान कृष्णा खत्रीले ह्याट्रिकसहित ४ गोल गरिन् । सपना लामाले २ गोल गर्दा विमला चौधरी र इन्दिरा राईले १-१ गोल गरे ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]