default_image

6 years ago

April 19, 2019

रुस्लान थ्री स्टारलाई वर्षको पहिलो उपाधि

78 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले वर्षको पहिलो उपाधिको रुपमा तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थ्री स्टारले आयोजक मध्येको बागमती नगरपालिकालाई २–१ ले पराजित गर्दै वर्षको पहिलो उपाधिको रुपमा राजर्षि जनक कपको उपाधि जित्न सफल भएको हो ।

सन्तोष श्रेष्ठ स्मृत्ति खेल मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा थ्री स्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । थ्री स्टारको जितमा रजिन धिमाल र सुशिल राईले गोल गरे । बागमतीका विदेशी खेलाडी इक्ने क्रिस्टयनले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेका खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा घरेलु टोली बागमतीले विदेशी खेलाडीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसको एक मिनेट नबित्दै थ्री स्टारले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । सुशील राईलाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई रन्जित धिमालले सदुपयोग गरे ।

पेनाल्टी सुटआउटतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा सुशील राईले गोल गर्दै थ्री स्टारलाई २–१ को जित दिलाउदै च्याम्पियन बनाए । मेन्साको क्रसमा मिक्चेन तामाङले हेडमा सुशीलले बक्सभित्रबाट गोल गरे । बागमतीका विजय घलान खेलको म्यान अफ दि म्याच भए । उनले १० हजार पाए ।

उपाधिसँगै थ्री स्टारले १० लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको आयोजक बागमतीले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा सर्लाही निवासी सगुन राई बागमती राईजिङ अफ दि ईयर प्लेयर्स घोषित भए । उनले एक थान यमाहा मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ थ्री स्टारका सुशील राई सर्वाधिक गोलकर्ता चुनिए । बागमतीका हण तामाङ उत्कृष्ट गोलरक्षक, बागमतीकै इक्ने क्रिस्टयन उत्कृष्ट डिफेन्डर, थ्री स्टारका कप्तान बिक्रम लामा उत्कृष्ट मिडफिल्डर र थ्री स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले जनही २०–२० हजार रुपैया पाए ।

विजयी खेलाडीलाई बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी योन्जन, सर्लाही क्षेत्र नम्वर ३ का केन्द्रिय सभासद् रामेश्वर यादव, सभासद डिल्ली उप्रेती, बेचु लुङ्गेली, बागमती नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक लामा लगायतले पुरस्कृत गरे । २५ चैतबाट सुरु भएको प्रतियोगितामा विभिन्न १२ टोलीले सहभागिता जनाएको थियो ।

March 26, 2025

नर्वेको जितमा हालान्डको गोल

एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

Success

Thank you for your time.