6 years ago
April 19, 2019
बुटवल (हाम्रो खेलकुद) उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब आठौं अन्र्तगतको पुरुष फुटबलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा समेटिएको आर्मी पुलिससँग १–० को गोल अन्तरले पराजित भएको हो । आर्मीलाई हार चखाउन दोस्रो हाफमा सुमन लामाले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो ।
७३औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । आर्मीका डिफेन्डर बिकास खवासले डि–बक्समा फल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । त्यसैमा प्राप्त पेनाल्टीमा सुमन लामाले गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस १–० ले विजयी हुन सफल भयो ।
आर्मीले पहिलो खेलमा प्रदेश २ लाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा प्रदेश ७ लाई ३–० ले पराजित गरेको थियो ।
लगातार दोस्रो जितसँगै पुलिसको ६ अंक पुगेको छ । आर्मीको ३ अंक रहेको छ । समूह ‘ख’ मा आर्मी र पुलिससँगै प्रदेश २, प्रदेश ६ र प्रदेश ७ को खेल बुटवलमा भैरहेको छ ।
आठौं अन्र्तगत पुरुषतर्फको समूह ‘क’ को खेलमा विभागीय नेपाल एपीएफ क्लब प्रदेश ५ सँग ३–२ ले स्तब्ध बनेको छ । एपीएफले सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो ।
१७औ मिनेटमा आशिष लामाको गोलबाट एपीएफले अग्रता लिएको थियो । २६औ मिनेटमा प्रदीप लामाले गोल गरेपछि एपीएफ २–० ले अघि बढ्यो ।
पहिलो हाफको इन्न्युरी समयमा पुर्णबहादुर गुरुङले गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काउने संकेत दिए । दोस्रो हाफको शुरुमै विवेक पुनले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ७६औं मिनेटमा सञ्जु सेनले गोल गर्दै एपीएफ ३–२ ले स्तब्ध भयो ।
लगातार दोस्रो जितसँगै प्रदेश ५ ले ६ अंक जोडेको छ । एपीएफको ३ अंक रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]