6 years ago
April 19, 2019
एजेन्सी – गोलको वर्षा भएको खेलमा लन्डन क्ल चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई पराजित गर्दै युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चेल्सीले आफ्नो मैदानमा स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको दोस्रो लेगको खेलमा ४–३ को संघर्षपुर्ण जित निकालेको हो । समग्रमा चेल्सीले ५–३ को जित निकालेको हो ।
चेल्सीको जितमा पेड्रो रोड्रिग्वेजले दुई तथा ओलिभर जिरुडले एक गोल थपे । एक गोल उपहार पाएको थियो । स्लाभियाका पिटर सेभसिकले दुई तथा थोमस सुसेकले एक गोल गरे ।
गोलको वर्षा भएको खेलमा सुरुवाती २७ मिनेटमा पाँच गोल भएको थियो । खेलको पाँचौ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो ।
नवौं मिनेटमा सिमोन डेलीको आत्मघाती गोलबाट चेल्सी २–० ले अघि बढेको थियो । १७औं मिनेटमा ओलिभर जिरुडले गोल गरेपछि चेल्सीले खेलमा ३–० को आरामदायी अग्रता बनायो ।
२६औं मिनेटमा थोमस सुसेकले गोल गरेपछि खेल ३–१ को स्थितिमा आएको थियो । त्यसको एक मिनेट नबित्दै पेड्रो रोड्रिग्वेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ४–२ को अग्रता दिलाए ।
दोस्रो हाफमा पाहुना टोलीले दुई गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा दुवै गोल पिटर सेभसिकले गरे । उनले खेलको ५१औं र ५४औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याएका थिए ।
March 26, 2025
एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]
March 26, 2025
एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]
March 26, 2025
एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]