9 years ago
May 5, 2016
ईलाम
तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको छ ।
सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै टोलीको सहमतीमा अर्को व्यवस्था नभए सम्मका लागि प्रतियोगिता रेफ्री सुरज मानन्धरले खेललाई स्थगन गरे ।
अन्तराष्ट्रिय नियम अनुसार मौशम सफा भए पश्चात सोही समय बाट खेल संचालन गरि प्रतियोगितामा जित हारको निर्णय गरिने रेफ्री मानन्धरले जानकारी गराए ।
अस अघि सशस्त्र प्रहरी बल फुटबल टिमका लागि खेलको दोश्रो हाफको ७ औं मिनटमा हरी कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले उज्जल चामलिङ्गले मैदानको देव्रे कर्नरबाट गरेको माईनल बललाई सदुपयोग गर्दै विपक्षीको पोसको जाली चुमाएका थिए ।
यस्तै टोलीलाई अगाडी बढाउने क्रममा उज्जल चामलिङ्गले वान भर्सेस वानको अवस्थामा आयोजक ईलाम – ११ का गोल किपरको माथी बाट भली प्रहार गरि गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याएका थिए ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]