default_image

5 years ago

April 18, 2019

सहज जितसँगै लिभरपुल सेमिफाइनलमा

30 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्टाेको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।

एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो ।

६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै गोल अन्तर २–१ मा झारे ।

७७औं मिनेटमा रोबर्टाे फिर्मिनो र ८४औं मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी हुन सफल भयो ।

यससँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि बार्सिलोना र आयाक्सले अन्तिम चारको यात्रा तय गर्दा बुधबार राति नै टोटेनहमले म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.