default_image

5 years ago

April 17, 2019

आयोजक बागमती राजर्षि कपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

73 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)– आयोजक बागमती नगरपालिकाले सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कपको फाइनलमा ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँगको भेट पक्का गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा भुटानको पारो एफसीलाई ३–२ ले हराउँदै बागमतिले अन्तिम दुईको यात्रा तय गरेको हो । थ्री स्टार मंगलबार विभागीय नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा पुगिसकेको थियो ।

राष्ट्रिय टोलीका युवा फरवार्ड विमल घर्तीमगरसँगै स्टार खेलाडीहरु अमित तामाङ, सरोज दाहाल र विश्व अधिकारीसहित मैदान उत्रिएको बागमतीले उच्च प्रदर्शन गर्दा पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो ।
सन्तोष स्मृति खेल मैदान भएको खेलको ११औं मिनेटमा घरेलु टोलीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । विजय घलानको प्रहारलाई बचाउन खोज्दा पारोका खेलाडीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

१४औं मिनेटमा पारोले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । पारोका पाल्साङ लामाले पेनाल्टीमार्फत गोल गरे । १८औं मिनेटमा विजय घलानले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलायो । २३औं मिनेटमा क्रिस्टियन इकेनेले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बागमतीका गोलरक्षक अरुण तामाङले उच्च प्रदर्शन गर्दै बागमतीलाई फाइनलको बाटो डो¥याए । उच्च प्रदर्शन गरेका बागमतीका गोलरक्षक अरुण तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजारु रुपैयाँ प्राप्त गरे ।

बागमति नरपालिका र बागमती युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.