default_image

6 years ago

April 17, 2019

यु–१९ महिला फुटबल टोली चीनतर्फ

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु–१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यु–१९ टोली बुधबार चीन प्रस्थान गरेको छ ।

२३ सदस्यीय खेलाडी र अफिसियलाई अखिल नेपाल फुटबल संंघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जितको शुभकामनासहित बिदाई गरे । नेपाली टोली आजै चीन प्रस्थान गरेको हो । चीनमा एक साता रहँदा टिमले चिन्डु स्टेटको उमेर समूहको टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

अभ्यास र मैत्रीपुर्ण खेल लगत्तै नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ । दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछन् ।

नेपाल रहेको छनोटको समूह ‘ए’ मा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छनन् । नेपालले २६ अप्रिलमा अष्ट्रेलियासँग खेल्दै छनोटको सुरुवात गर्नेछ । अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्ने तालिका छ । थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

थाइल्याण्डसँग ४–० ले पराजित भएपनि नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी छनोटको दोस्रो चरणका लागि सरु लिम्बुको कप्तानीमा २३ सदस्यीय नेपाली यु–१९ महिला राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

नेपाली टोली -सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।

मुख्य प्रशिक्षक- हरिओम श्रेष्ठ,

प्रशिक्षक-प्रकाश वैद्य

गोलरक्षक प्रशिक्षक-अस्मिता खवास

टिम म्यानेजर-जमुना गुरुङ

फिजियो-नवीना श्रेष्ठ छिन् ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.