default_image

5 years ago

April 18, 2019

‘यो नै असली बार्सिलोना हो’ – मेस्सी

73 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडमाथि पूरै हावी हुँदै सहज जित दर्ता गर्यो ।

खेलको पहिलो हाफमा नाती दुई गोल गरेका मेस्सीले इंग्लिस टोलीविरुद्ध आफ्नो उच्च फर्म कायम राख्दै अन्तिम चारमा स्थान बनाए । मेस्सीले खेलपछि बोल्दै बार्सिलोनाले आफ्नो असली प्रदर्शन गरेको बताए । ‘ खेल निकै उत्कृष्ट रहयो । यो नै हामो असली पहिचान हो । सुरुको पाँच मिनेट समय हामीलाई खेलमा पकड बनाउन समय लाग्यो । तर त्यसपछि हामीले पूरै समय खेलमा दवाव बनाउन सफल भयौं,’ मेस्सीले भने ।

डिफेन्सको गल्तिको फाइदा उठाउँदै पहिलो गोल गरेका मेस्सीको दोस्रो गोलमा भने युनाईटेडका गोलरक्षक डेविड डे हेयाको गल्ति महत्त्वपूर्ण रहयो । ‘ पहिलो गोलमा डिफेन्सले गल्ति गर्नु मेरो भाग्य थियो । दोस्रो गोलमा झनै ठूलो भाग्य रहेछ, गोल भयो । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामीले क्वाटरफाइनल चरण पार गर्न सफल भयौं । धेरै समयपछि यहाँ पुग्नुपर्ने हाम्रो लक्ष्य रहेको थियो,’ मेस्सीले थपे ।

बार्सिलोनाले यस सिजन तीनै उपाधि जित्ने सम्भावना कायम छ । तर कप्तान मेस्सी अहिलेनै त्यसबारे सोच्ने पक्षमा छैनन् । ‘ हामीले सबै खेललाई पालैपालो हेर्नुपर्छ । लिगको लागि हामीले उचित विश्राम गर्न सक्छौं । त्यसपछि च्याम्पियन्स लिगको सेमिफाइनलको लागि पर्याप्त तयारी गरेर अगाडी बढ्नेछौं,’ मेस्सीले टुंग्याए ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.