6 years ago
April 16, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा राति १२ः४५ बजेपछि हुनेछ ।
घरेलु टोलीले पहिलो लेगमा पाएको सफलतालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । जित वा बराबरी खेले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । हारले भने खेल लम्बिने अथवा बाहिरिने सम्भावना बढ्नेछ ।
च्याम्पियन्स लिगकै लागि बार्सिलोनाले स्पेनिस ला लिगामा हुएस्काविरुद्ध गोलरहित बराबरी भएको खेलमा पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । त्यसैले बार्सिलोना म्यानचेस्टरविरुद्ध खरो रुपमा मैदान उत्रने छ । बार्सिलोनासँग लियोनेल मेस्सी, लुइस सुआरेज, औसमाने डेम्वेले, इभान राकिटिक, सर्जियो बुस्केट्स र जोर्डी अल्बाजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।
बार्सिलोनाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छैन । अहिलेसम्म चार खेल खेल्दा २ जित र २ बराबरीको नतिजा छ । बार्सिलोनाले सन् २००८ मा युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।
यता, सेमिफाइनल प्रवेश गर्न जित्नै पर्ने दवावमा रहेको म्यानचेस्टर युनाइटेड घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडलाई सेमिफाइनलम प्रवेश गर्न बार्सिलोनाविरुद्ध निश्चित जितको आवश्यक छ ।
पहिलो लेगमा लुक शअको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । युनाइटेडसँग अग्रपङ्तिमा रोमेलु लुकाकु, पल पोग्वा, एन्थोनी मार्सियल र मार्कस रासफोर्डजस्ता खेलाडी रहेका छन् ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]