default_image

6 years ago

April 16, 2019

युभेन्टस र आयाक्सको सेमिफाइनल लक्ष्य

76 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टसले नेदरल्यान्डको आयाक्सको सामना गर्दैछ । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ ।

आयाक्सको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेपनि युभेन्टसलाई अवे गोलको फाइदा छ । यही नतिजा कायम रहे युभेन्टस च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्नेछ ।

प्रि–क्वाटरफाइनलमा रियललाई हराएर सनसनी मच्चाएको आयाक्ससँग सचेत भएर मैदान उत्रनेछ । यी दुई टोली युरोपेली प्रतियोगितामा १० पटक आमने समाने भएका छन् । सन् २००४ पछि युभेन्टस र आयाक्स पहिलोपटक खेल्न लागेका हुन् ।

यता आयाक्स घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई बलियो बनाउने योजनामा हुनेछ । आयाक्स त्यही टोली हो जसले च्याम्पियन्स लिगको ह्याट्रिककर्ता स्पेनिस क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो । यही प्रदर्शनलाई आयाक्स निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ ।

आयाक्सविरुद्धको पछिल्ला १० खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ५ बराबरी खेलको छ ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.