6 years ago
April 15, 2019
एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार दोस्रो स्थानको लिलसँग ५-१ को फराकिलो हर बेहोर्यो । खेलपछि पीएसजीका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो टोलीले सिकारुले जस्तो खेलेको बताएका छन् ।
पीएसजीका जुआन बर्नाट रातो कार्ड खाँदै बाहिरीपछि लिलले दबाब सिर्जना गरेको थियो । एक समय १-० ले पछाडी रहेर खेल बराबरी गरिसकेको पीएसजी अन्त्यमा लज्जास्पद हार बेहोर्न बाध्य भयो । एमबाप्पेले च्याम्पियन हुने टोलीले यसरि हार्नु उचित नरहेको बताए । ‘ खेल निकै प्रतिस्पर्धात्मक नै थियो । एक समय हामीले दवाव दिइरहेका थियौं भने एकैछिनमा दवाव खेप्न पर्यो । हामीले च्याम्पियन हुन्छु भन्दैमा यसरी खेल्न हुँदैन्,’ उनले भने ।
‘हामीले अझै संयमता अपनाएर खेल्नुपर्छ । हामीले केहि गल्ति सुधार आवश्यक छ । फुटबल मैदानमा खेलिने खेल हो, बाहिर बोलेर मात्र केहि हुँदैन । आज हामीले सिकारु खेलाडीले जस्तो फुटबल खेल्यौं । यस्तो हार स्वीकार हुने छैन,’ लिगका सर्वाधिक गोलकर्ता एमबाप्पेले थपे ।
यता प्रशिक्षक थोमस टुचेलले भने एमबाप्पेको भनाइमा सहमति जनाएनन् । ‘हामीले सिकारुजस्तो खेलेका हैनौं । हामीले गोल गरेको पनि थियौं तर ती अफसाइड भए । लिललाई पहिलो हाफमा पूर्ण दवावमा राखेपनि दोस्रो गोल गर्न हामी असफल रहयौं,’ टुचेलले भने । उनले मुख्य खेलाडी चोटका कारण उपस्थित नहुनुले टोली फराकिलो अन्तरले पराजित भएको बताए ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]